जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १५:१४

पञ्चकन्याद्धारा युवाहरुलाई विशेष प्लम्बिङ तालिम


काठमाण्डौं, बैशाख २२

पञ्चकन्याग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा विषेश प्लम्बिङ तालिम दाङको घोराहीमा सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा ७२ जनाको सहभागीता भएको थियो ।

पञ्चकन्या ग्रुपले जापानको प्रख्यात कम्पनी सेकीसुइ रस्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेशनल प्रशिक्षक द्वारा सहभागीहरुलाई प्रशिक्षण दिएको थियो ।


यस तालिम को प्रमुख उद्देश्य भनेको देशका बेरोजगार युवायुवतीहरुलाई सिपमुलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु हो ।