जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १९:०८

अर्थमन्त्रीले बनाए बजेट लेखन मस्यौदा समिति (सूचीसहित)


काठमाडौं, चैत १६ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि बजेट निर्माण गर्न मस्यौदा लेखन समिति गठन गरेको छ ।

अर्थमन्त्री बर्षमान पुनले सत्तारुढ गठबन्धनमा आवद्ध दलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको संकल्प पत्रमा उल्लेख भएअनुसार बजेट निर्माणका लागि मस्यौदा समिति गठन गर्नुभएको हो ।

बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयक निर्माणका लागि अर्थमन्त्री पुनले शुक्रबार ६ सदस्यीय बजेट लेखन समिति गठन गर्नुभएको हो । बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य रहनुभएको छ । अर्थको बिभिन्न सेक्टरको नेतृत्व गर्नुभएका सहसचिवहरुलाई यो जिम्मा दिइएको हो ।