काठमाडौं, चैत १८ । अर्थमन्त्री वर्षमान पुनले घुस खान माहिर कहलिनुभएका नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापालाई आर्थिक सल्लाहकार छान्नुभएको छ ।
कोषमा अध्यक्ष भएर गएपछि पैसाबिना कुनै काम नगर्ने आरोप खेप्नुभएका थापालाई अर्थमन्त्री पुनले आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको हो । थापालाई बिहीबारको मन्त्रिपरिषद बैठकले अर्थमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको हो ।
गुल्मी धुर्कोट स्थायी घर भएका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुनुहुन्छ । प्रा.डा. थापालाई सरकारले गत साउन २ गते तीन वर्षका लागि नागरिक लगानी कोषको अध्यक्षमा नियुक्त गरेका थियो ।
कोषमा अध्यक्षको भूमिका कार्यकारी नहुने भएपनि थापाले हरेक काममा आर्थिक फाइदा हेर्ने गर्नुभएको आरोप बरिष्ठ कर्मचारीहरुले नै लगाएका थिए । आफू निकट मिडिया र बिद्यार्थीबाट अर्थ राजनीतिमा अब्बल रहेको प्रचार गराउनु हुने थापाले सत्तारुढ दलकै एक सांसदबाटै नागरिक लगानी कोषको अध्यक्ष हुँदा घुस खानुभएको आरोप लागिसकेको छ ।
रितपुर्वक आएको फाइलसमेत अडकाएर थापाले रकम बुझेपछि मात्रै अगाडि बढाएको भनेर नागरिक लगानी कोषका कर्मचारीहरुले गत असोजतिरै खुवै चर्चा गर्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्