जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार १५:३१

घुससहित कार्यालयबाटै पक्राउ परे वडाध्यक्ष


रुपन्देही, चैत १८ । कपिलवस्तुका एक वडाध्यक्ष घुस लिन लागेको अवस्थामा रंगेहात पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले स्थानीयको काम मिलाइदिने भन्दु घुस रकम लिइरहेको बेला नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा पक्राउ गरिएको हो ।

अख्तियार टोलीले कार्यालयबाट नै कडाध्यक्ष मुसलमान नियन्त्रणमा लिएको हो । अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको बताउनु भयो ।