काठमाडौं, २१ । उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले नागरिकले अनुभुति गर्न गरी सुधारको काम अघि बढाउनु भएको छ ।
मन्त्री भण्डारीको निर्देशनअनुरुप नेपाल आयल निगमले उपत्यकाको एउटा पेट्रोल पम्पबाट २४सै घण्टा सेवा दिन थालेको छ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआतसमेत गरिएको छ । मन्त्री भण्डारीले आज एक समारोहबीच सो कामको शुभारम्भ गर्नुभएको छ ।
आयल निगमले मन्त्री भण्डारीको निर्देशनमा साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ चौबीसै घण्टा बितरण गर्न लागेको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । ठाकुरका अनुसार मन्त्रीको निर्देशन कार्यान्व्यनका लागि क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिनेछ ।
कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताउनु भयो । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा पनि मन्त्री भण्डारीले जोड दिनुभयो । निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाँचो औँल्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्