काठमाडौं, असोज १०
नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गरेको छ । बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ ।
यसपटक भने राष्ट्रबैंकको थापाथलीमा भने नयाँ नोट साट्न पाइने छैन् । राष्ट्र बैंकले थापाथलीमा नयाँ नोट सटहीको व्यवस्था नगरिएको जनाएको छ। एकजना व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक\एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन् ।
त्यसभन्दा धेरै चाहिनेलाई सुकिलो नोट उपलब्ध नगराइने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनुभयो । आफ्नो खाता भएका बैंक तथा वित्तिय संस्थाबाट पनि सिमिति मात्रामा नयाँ तथा सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्