जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार १३:००

भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा परी सात नेपालीको मृत्यु


नैनीताल (भारत), चैत २७ भारतको नैनीतालमा गएराती भएको सवारी दुर्घटनामा परी सात जनानेपाली नागरिकको मृत्यु भएको

 नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सातनेपालीको मृत्यु भएको हो

भारतीय मिडिया वान इण्डियाले जनाएअनुसार दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो जसमासात जना नेपाली नागरिक रहेका छन्

दुर्घटना सोमबार राती साढे १० बजे भएको हो भारतीयचालक राजेन्द्र कुमारले चलाएको सवारी सय मिटर तल खसेको थियो अन्धकार तथा गहिरोखोँचका कारण उद्धारमा ढिलाइ भएको थियो

मृत्यु हुनेमा ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोदचौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल रहेको भारतीयप्रहरीले जनाएको

दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी छोटु चौधरी घाइते भएका छन् ।दुर्घटनामा मृत्यु भएका घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएकोबताइएको