जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार १८:५८

यसै बर्षभित्र उपत्यकाका सडकमा अत्याधुनिक सडक बत्ती जडान गर्दै सरकार


काठमाडौं, चैत २७ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकामा अत्याधुनिक ट्राफिक लाइट जडान गरिने बताउनुभएको छ ।

ललितपुरको पुल्चोकमा आज आयोजित कार्यक्रममा बोल्दै महासेठले यसै आर्थिक वर्षभित्र उपत्यकाका सडकमा अत्याधुनिक सडक बत्ती जोड्ने जानकारी दिनुभएको हो ।

‘यसपटक प्रधानमन्त्रीज्यूले नेपालको यातायात व्यवस्थालाई व्यवस्थित गर्नुहोस भन्नुभएको छ, यही आर्थिक वर्षभित्र उपत्यकाका सडकमा अत्याधुनिक सडक बत्ती जोड्ने प्लान गर्दैछौं,’ मन्त्री महासेठले भन्नुभयो ।

मन्त्री महासेठले डिजेल र पेट्रोलको मूल्य दिनानुदिन महँगिइरहेकोले बढिभन्दा बढी विद्युतीय गाडी कसरी सञ्चालन कसरी गर्न सकिन्छ भनेर पनि सरकारले गृहकार्य अघि बढाएको जनकारी दिनुभयो । सडक व्यवस्थापन र विद्युतीय सवारी व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

यातायात व्यवस्थाको सुधार गर्न गाडीको मात्र सुधार गरेर नहुभन्दै उहाँले त्यसको लागि सडक र ट्राफिक व्यवस्थापन पनि त्यतिकै सुधार आवश्यक रहेको महासेठले बताउनुभयो ।