२२ बैशाख २०७६, आईतबार ००:००

आठ वटा खुट्टा भएको अनौठो बाख्रा


पाल्पा, बैशाख २२

पाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको आठ वटा खुट्टा भएको बाखा जन्मिएको छ ।

उक्त बाख्राको एउटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान भएको छ भने उक्त बाख्रा पाठापाठी के हो भनेर नचिनिने खालको अनौठो जन्मिएको बताइएको छ ।