ललितपुर, बैशाख ६। ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ ।
ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि आजदेखि ११ गेतेसम्म सडक बन्द गरिने भएको हो ।
स्थानीय प्रशासनका अनुसार यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो ।
दुई वर्षमा बनाइसक्ने गरी २०७८ फागुन १२ गते आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ । अव भने कामलाई त्रब्रता दिइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्