काठमाडौं, बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारका सचिव तोयम रायालाई महालेखा परीक्षकमा नियुक्त गर्नुभएको छ ।
संबैधानिक परिषदको सिफारिशअनुसार राष्ट्रपति पौडेलले आज तात्कालिन सचिव रायालाई महालेखा परीक्षक नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संबैधानिक परिषदको बैठकले तथ्यांक बिभागमा कार्यरत सचिव रायालाई महालेखा परीक्षक पदमा नियुक्त गर्न सिफारिश गरेको थियो ।
सोही सिफारिशअनुसार राष्ट्रपति पौडेलले आज महालेखा परीक्षक नियुक्त गर्नुभएको हो । महालेखा परीक्षकमा नियुक्त गर्न सिफारिश भएपछि रायाले सचिव पदबाट राजीनामा दिनुभएको थियो ।
राष्ट्रपति पौडेलले संबिधानको धारा २४० को उपधारा २ बमोजिम रायालाई महालेखा परीक्षकमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्