जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १४:२५

अर्थसचिव पुस्कर हटाइए, मरासिनीले पाए जिम्मेवारी


काठमाडौं, बैशाख १० । सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषदले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरेको छ । मधेश प्रदेशमा रहँदा पुस्करले सुराकी भत्ता आफैले बुझेको घटना सार्वजनिक भएपछि सरकारमाथि अर्थबाट हटाउन दवाव परेको थियो ।

पेमेन्ट गेटवे खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा मरासिनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। लगत्तै उनहाँ निलम्बनमा पर्नुभएको थियो । विशेष अदालतबाट सफाइ पाएपछि मरासिनीको निलम्बन फुकुवा भएको थियो। निलम्बन फुकुवासँगै सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो।