जनता टाइम्स

११ बैशाख २०८१, मंगलवार १२:००

एकैदिन ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ प्रतितोला आजको मूल्य


काठमाडौं, बैशाख ११ । मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो ।

अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।