जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार ०५:५१

राजनीतिको आवरणमा बढदै अपराध, भूमि व्यवस्था विभागका महानिर्देशकमाथि कार्यकक्षमै दुर्व्यवहार


काठमाडौं, बैशाख १३ । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि आफ्नै कार्यकक्षमा दुर्व्यवहार भएको छ ।

क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले महानिर्देशक खनालमाथि दुर्व्यवहार गरेका हुन् ।  भेटघाटका लागि भन्दै आएका क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले कार्यकक्षमै महानिर्देशक खनाललाई मोसो दलेर भागेका हुन ।

सो पार्टीका नेतादेखि कार्यकर्तासम्म तर्साएर चन्दा उठाउने धन्दाका लागि यस्तो हर्कत गर्दै आएका छन । अन्य सरकारी कार्यालयमा असुलीका लागि उनीहरुले महानिर्देशक खनाललाई कार्यकक्षमै मोसो दलेर अन्य सरकारी कार्यालयका प्रमुखलाई चन्दाका लागि तर्साउने काम गरेका हुन ।