जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार ११:३१

राष्ट्रपति सी जिनफिङ नेपाल आउने समयको प्रतिक्षामा छौं : चिनियाँ राजदूत होउ


काठमाडौं, असोज १२

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चिनियाँ राष्टपति सि जिन फिङको भ्रमणको प्रतिक्षामा रहेको बताउनु भएको छ । उहाले भ्रमण हुन लागेको जानकारी दिएपनि मिति भने सार्वजनिक गर्नुभएन् ।

चीनको ७० औँ राष्टिय दिवसका अबसरमा चिनियाँ दुताबासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राजदूत होउले चिनियाँ राष्टपति सि को भ्रमणको प्रतिक्षा भइरहेको बताउनु भयो । दुई देशबीच उच्चस्तरीय नेतृत्वको दुईपक्षीय भ्रमणको पृष्ठभूमि केलाउँदै उहाले राष्टपति आगमनको प्रतिक्षामा रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति सि असोजको २७ गते अपरान्ह नेपाल आउने आशा गरिएको छ । त्यसअघि भारत भ्रमणमा निस्कने मिति तय भईसकेकाले फर्किने बेलामा २७ गते नेपाल आउने तयारी भईरहेको उच्चपदस्थ अधिकारीहरुले बताएका छन् । यद्यपी मिति भने अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन ।

‘अहिले हामी चीनबाट सर्बोच्च नेतृत्व (राष्टपति)को नेपाल भ्रमणको प्रतिक्षामा छौँ । मलाई विश्वास छ कि भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ ऐतिहासिक शुरुवात कायम गर्ने छ’, उहाले भन्नुभयो । उहाले नेपाल र चीनबीच ६४ बर्षअघि कूटनीतिक सम्बन्ध स्थापित भएयता सम्बन्ध मित्रवत हुँदै आएको बताउदै हिमाल र नदीले जोडेको सम्बन्ध पञ्चशीलका आधारमा अघि बढिरहेको उल्लेख गर्नुभयो ।

आफ्नो क्षमताले भ्याएसम्म चीनले नेपालको विकासमा सहयोग गर्ने चीनको नीति रहेको पनि राजदूत होउले सुनाउनु भयो । पछिल्ला बर्षहरुमा दुई देशबीच उच्चस्तरीय भ्रमणले राजनीतिकदेखि सबै क्षेत्रमा सहकार्यको स्तर बढेको उहाको भनाई थियो । दुवै पक्षले बीआरआई अन्तर्गत बन्दरगाह, सडक, रेलमार्ग, हवाई उड्डयन र बहुपक्षीय सम्पर्क सञ्जालमा व्यवहारिक सहकार्य गर्दै आएको बताउनु भयो ।