जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार १५:११

दशैमा अनुगमन : ‘अनुगनम गर्न पाइदैन’ भन्दै व्यापारीद्वारा नाराबाजी


काठमाडौं, असोज १२

दशैंको मुखमा व्यापारीले ठगी गरेको गुनासो आउन थालेपछि सरकारी टोलीले अहिले अनुगमनलाई तिव्र बनाएको छ । तर, व्यापारीहरुले भने अनुगमन गर्न पाइदैन भन्दै सटर तानेर नाराबाजी गर्न थालेका छन् ।

नयाँ बसपार्कस्थित बिजी मलमा अनुगमन गर्न पुगेको सरकारी टोलीलाई व्यापारीहरुले घेराबन्दी गर्दै नाराबाजी गरेका छन् । ‘अनुगमन गर्न पाइँदैन’, भन्दै व्यापारीहरुले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका चार टोलीलाई घेराउ गरेका हुन् । टोली उक्त मलको पहिलो तलामा अनुमगन गरी एक व्यापारीलाई कारबाही थालिएपछि माथिल्ला तलाका व्यापारीहरु सटर बन्द गरी नाराबाजी र अनुगमन टोलीलाई घेराउ गर्न पुगेका थिए ।

सरकारी अनुगमन टोलीले एक हप्ता अघि रन्जना कम्प्लेक्स र दुई दिनअघि दरबारमार्गमा अनुगमन गर्न जाँदा पनि व्यापारीहरु सटर बन्द गराएर विरोधमा उत्रिएका थिए । व्यापारीले अवरोध गरेपछि विभागले सबै पसलमा सिलबन्दी गर्ने तयारी गरेको छ ।