जनता टाइम्स

१८ बैशाख २०८१, मंगलवार २१:१२

सहकारी ठगीमा राप्रपा पनि मुछियो, सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं, १८ बैशाख । सहकारी ठगीमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि सांसद बस्नेतविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

बस्नेतको समूहले सो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।