जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १७:२२

कामना सेवा बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच संस्थागत अभिकर्ता सम्झौता


काठमाण्डौं, बैशाख २२

कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवाआदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबनबीमा पोलिसिहरु खरिदगर्न सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको तर्फ प्रमुखकार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नुभएका हो ।