जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १७:४७

ओएनएफ अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य कमिटीको अधिवेशनको तयारी पूरा


अष्ट्रेलिया, बैशाख २७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य कमिटीको अधिवेशनको तयारी पूरा भएको छ ।

आगामी शनिवार अर्थात मे १८ तारिक हुन गइरहेको पाँचौं अधिवेशनको तयारी पूरा भएको क्वीन्सल्याण्ड कमिटीका सचिव सुरेश बोगटीले जानकारी दिनुभयो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे प्रमुख अतिथी रहनुभएको सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । सो राज्य कमिटीका अध्यक्ष रमेश पाण्डेका अनुसार अधिवेशनको तयारीका लागि सवै काम सकाइएको छ ।