जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार १२:२९

महंगो पर्यो राष्ट्रपतिको युरोप भ्रमणको चाहना, भ्रमण रद्ध गर्दा पनि अर्थले गर्यो ५५ लाख भुक्तानी


काठमाडौं, बैशाख २८ । राष्ट्रपति रामचन्द्र पौडेलको रद्द भएको युरोप भ्रमणको लागि सरकारले ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ । राष्ट्रपचि पौडेलको भ्रमण कार्यक्रम रद्द भए पनि टिकट बुकिङ गरिसकेकाले सरकारले सो रकम भुक्तानी गर्नुपरेको हो ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलसहित फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटालीको भ्रमणमा जाने तयारी गर्नुभएको थियो । २०८० कात्तिक २२ देखि १० दिन युरोप भ्रमणमा जाने राष्ट्रपतिको कार्यक्रम निर्धारित गरिएको र त्यसका लागि टिकटसमेत बुक भइसकेको थियो । तर, गत कात्तिक १७ गते जाजरकोटमा भूकम्प गएपछि राष्ट्रपतिले भ्रमण रद्द गर्नुभयो ।

भ्रमण कार्यक्रम रद्द भए पनि टिकटको पैसा भने रिफन्ड नहुने भएकाले अर्थ मन्त्रालयले ५५ लाख २२ हजार भुक्तानी गरेको हो । बजेटबाट रकमान्तर गरेर यो भुक्तानी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।