जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार १७:१०

केपी ओलीको खुलासा : सरकार ढाल्ने उद्देश्य राखेर कांग्रेस रवि लामिछानेको विरुद्ध लाग्यो


काठमाडौँ, वैशाख २८ सत्तारुढ प्रमुख घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षकांग्रेसले सरकार ढाल्ने खेल थालेको बताउनु भएको

संसदीय दलको शुक्रबारको बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओली उपप्रधान तथा गृहमन्त्रीसमेतरहेका रवि लामिछानेले डेढ वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव नमानेपछि कांग्रेस अराजनीतिक तवरलेउहाँबिरुद्द लागेको बताउनु भयो अध्यक्ष ओलीले कांग्रेसले सरकार ढाल्ने उद्देश्य राखेर लामिछानेकोआलोचना गर्नतिर लागेको अभियान चलाएको बताउनु भयो

अहिले सहरकारी अपचलनको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने भन्ने कांग्रेसलेसमिति बनेदेखि नै रवि लामिछानेलाई गृहमन्त्रीबाट हटाउनुपर्छ भनेर लाग्ने ओलीको भनाइ थियो ।यसअघि सहकारीको अवस्थाको छानबिन गरौं भन्ने कांग्रेसले अहिले रवि लामिछानेमाथि छानबिन गरौंभन्दै आएको ओलीले ठोकुवा गर्नुभयो

योभन्दा अगाडि भन्नुभयो उहाँको नाममा छानबिन नगरौं, सहरकारीको अवस्थाको बारेमा छानबिन गरौंभन्नुभयो  हामीले रविजीको राजीनामा माग्या छैन भन्नुभयो  राजीनामा अहिले माग्या छैन  केहीपनि नहुँदा समिति बनाउनेले समिति बनेपछि आफ्नै बारेमा छानबिन गर्न आफै उपस्थित भएको संसद्लेमन्त्रीको पदमा बस्न मिल्छ ? उपप्रधानमन्त्री गृहमन्त्री भएर झन्डा हल्लाउन मिल्छ ? छानबिनलाईप्रभावित गर्दैन ? पुलिसले गर्छ छानबिन ? गृहमन्त्री कसरी पदमा रहन सक्छ ? भन्ने त्यो छानबिनसमिति बनाएपछि तत्काल उहाँहरूले सुरु गर्नुहुन्छ राजीनामाको खेल,’ ओलीले भन्नुभयो 

कांग्रेसको प्रस्ताव अस्वीकार गरेपछि रवि लामिछानेमाथि अनुसन्धान थालिएको ओलीको भनाइथियो 

‘एकातितर डेढ वर्ष प्रधानमन्त्री भइदिनुस्, यो समीकरण छोड्नुस्, हाम्रोतिर आइदिनुस्, डेढ वर्षप्रधानमन्त्री खाइदिनुस् भन्ने,’ ओलीले थप्नुभयो, ‘त्यो हुन्न भनेर सम्झौतामा सही नगरेपछि विभिन्नफाइल बोकेर रिसर्च गरेर कुद्ने ! कांग्रेसको यस्तो तरिका फेयर छैन 

कांग्रेसले यो सरकार गठन भएदेखि छुद्र खेल सुरू गरेको पनि ओलीको भनाइ थियो  कांग्रेसले जसरीछानबिन समिति माग्दै जाने हो भने भविष्यमा अरुको पनि छानबिन हुने उहाँले प्रष्ट पार्नुभयो 

’राजनीतिमा यस प्रकारका छुद्र खेलहरू खेलिनु हुँदैन  कोही दोषी भने छानबिन कारबाही गर्नुबेग्लै कुरा हो  दोषी छैन, कसैको उजुर छैन, केही छैन, फेरि दोषी करार गरेर कुनै पार्टीलाई सनकचल्यो भन्दैमा, कसैलाई धक्का पर्‍यो भन्दैमा त्यस प्रकारको छानबिन गर्ने ?,’ अध्यक्ष ओलीलेभन्नुभयो, ‘अब फेरि कसैलाई उजुर हाल्न लाइदेला, उजुरीका आधारमा छानबिन गर्ने हो भने सबैकाविरुद्ध उजुरी पर्छन्, सबैको छानबिन हुनुपर्छ किनकि आधार केही पनि चाहिँदैन नि ! यस्तो खालकोकुरो कमसेकम नेपाली कांग्रेसले गर्नु हुँदैनथ्यो