काठमाडौं, बैशाख ३० । चुच्चे नक्साको बिरोधमा सार्वजनिक रुपमा उत्रिएर भारतको पक्षमा लाग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार चिरञ्जीवि नेपालको पद गुमेको छ । मुलुकको सर्वाेच्च संस्था राष्ट्रपति कार्यालयकै प्रतिष्ठा धुलोपिठो बनाउनु भएका नेपाल अन्ततः राजीनामा दिन बाध्य हुनुभएको छ ।
राष्ट्रपतिमाथि चर्काे दवाव परेपछि उहाँले आफ्ना सल्लाहकार चिरञ्जिवी नेपाललाई राजीनामा गराउनु भएको छ । पूर्वगभर्नर नेपाल राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । सरकारले एक सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयको विरोध गरेर चिरञ्जिवीले भारतको पक्षमा खुलेयाम अभियान छेडनुभएको थियो ।
भारतको पक्षमा लागेर नेपालबिरुद्ध उभिनुभएका नेपाललाई घोक्रेठ्याक लगाउने अवस्था आएपछि राजीनामा दिएर हिडनुभएको हो । सयको नोटमा नयाँ नक्सा राख्ने निर्णय नेपाल राष्ट्र बैंकले गरेको थियो । सो निर्णयलाई स्वीकृत गर्न मन्त्रिपरिषद लगिएको थियो । मन्त्रिपरिषदले सयको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेपछि देशभरी खुसीयाली छायो । तर, भारतको स्वार्थमा चोट पुग्ने देखेपछि सल्लाहकार नेपाल आक्रोशित बन्दै नेपालीको भावनामा ठूलो चोट पुर्याउने काम गर्नुभयो । उहाँले नोटमा नयाँ नक्सा राख्ने निर्णयको कडा रुपमा सार्वजनिक विरोध गर्नुभएको थियो ।
सल्लाहकार नेपालको नियत अत्यन्त खराब र देशहीत विरोधी देखिएपछि सवैतिरबाट निन्दा हुँदै आएको थियो । नागरिक अगुवाहरुले बर्खास्त गर्न माग गरेका थिए भने शनिवार मात्रै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कडा आपत्ति जनाउनु भएको थियो । ओलीको खवरदारी आएको भोलिप ल्ट राष्ट्रपति पौडेलले नेपाललाई बोलाएर अव थेग्न सकिन्न भन्दै राजीनामा दिन नर्देशन दिनुभएको शीतलनिवास स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालयले राजीनामा दिएको र स्वीकृत भएको जानकारी दिएको छ । आफ्नै देश विरुद्ध लाग्ने नेपाललाई राख्न अनुचित देखिएको भन्दै राष्ट्रपतिले राजीनामा दिन भन्न्ुभएको र सोहीअनुसार राजीनामा आएको राष्ट्रपतिका सचिवालयमा कार्यरुत एक सदस्यले जनताटाइम्स डटकमलाई बताए । ती सदस्यका अनुसार पदमा राखिराख्दा आफै बदनाम हुने र देशका नागरिक नै लाग्ने भन्दै राजीनामा दिन भनिएको थियो ।
भारतले नेपाललाई नाकावन्दी लगाउँदा उहाँ नेपाल राष्ट्र बैंकका गभर्नर हुनुहुन्थ्यो । त्यसबेला देश अप्ठेरोमा परेको बेला सरकारलाई असहयोग गर्ने काम गरेको आरोप उहाँलाई लाग्दै आएको छ ।सल्लाहकार चिरञ्जिवीले नेपाल भन्दा भारतको हित हुनेगरी खतरनाक अभिव्यक्ति दिनुभएपछि लब्ध प्रतिष्ठित व्यक्तित्वहरु निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दिक्षितले आपत्ति जनाउनुभएको थियो ।
उहाँहरुले एक विज्ञप्ति जारी गरी सल्लाहकार चिरञ्जिवीलाई बर्खास्त गर्न माग समेत गर्नुभएको थियो । देशहितको विपक्षमा अभिव्यक्ति दिएर भारतलाई सघाउने काम गरेपछि जनस्तरमा चिरञ्जिवीको कडा विरोध भएपछि राजीनामा गराउन राष्ट्रपति पौडेल वाध्य हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्