काठमाडौं, असोज १३ । नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी संघका अनुसार तोलामा २ सयले घटेको हो। आइतबार ७० हजार २ सयमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ६ सयले घटेको थियो।
तेजाबी सुनको मूल्य तोलाको ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ८४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्