जनता टाइम्स

३ जेष्ठ २०८१, बिहीबार १९:३८

कांग्रेसले असंसदीय व्यवहार गर्यो – एमाले


काठमाडौं, ३ जेठ । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गर्नुभयो ।

उहाँले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबि गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताउनुभयो ।