जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार २३:१६

रबि लामिछानेले पारिदिए गगनलाई नांगेझार : खोले त्रिचन्द्रको स्वबियू सभापतिदेखि स्वास्थ्यमन्त्री हुँदासम्मका भ्रष्टाचार काण्ड


काठमाडौं,जेठ ६ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले कांग्रेस महामन्त्री गगन थापाको बदमासीको पोल खोलिदिनु भएको छ । रास्वपाका सभापतिसमेत रहनुभएका गृहमन्त्री लामिछानेले आज संसदमा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले स्वतन्त्र बिद्यार्थी युनियनको सभापति हुँदादेखि नै भ्रष्टाचारको अभियान थालेको भन्दै पोल खोल्नुभएको हो ।

थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा रकम हिनामिना गरेको, कृषि अनुदानको रकम दुरुपयोग गरेको जस्ता विषय पनि आमसञ्चार माध्यममा आएको भन्दै गृहमन्त्री लामिछानेले थापाको बदमासी खोल्नुभयो । लामिछानेले कांग्रेस महामन्त्री थापामाथि बिदेसीलाई सूचना बेचेको, बाख्रा पालनको नाममा राज्यको पैसा लुटेको भन्दै कडा जवाफ फर्काउनु भयो ।

‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुई तीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ, संसदबाट हटाऔँ । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस वा पार्टीको महामन्त्री किन नहोस’, गृहमन्त्री लामिछानेले भन्नुभयो ।

कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेले आफैंले निवेदन दिएर ऋण लिएको प्रमाण आफूसँग रहेको बताउनु भएको थियो । जवाफमा लामिछानेले त्यसको प्रमाण किन नदिएको भनी प्रश्न गर्नुभयो । ‘मैले प्रमाण पाएको छैन । चिन्ता नगर्नुहोस । तपाईंले राजनीति छोड्नु पर्दैन । किनभने तपाईंजत्तिको नेता यो देशलाई चाहिन्छ भनेर नै हामीले आज होइन धेरै पहिले नै विचार गरेका हौं,’ लामिछानेले भन्नुभयो ।

लामिछानेले कांग्रेसका नेताहरुसहित सवैको छानबिन भए म पनि तयार रहेको बताउनु भयो । गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुप्रति लक्षित गर्दै सञ्चार माध्यममा आएका केही विषयमा छानबिन समिति गठन गर्ने हो भने आफू पनि तयार भएको प्रष्ट पार्नुभयो ।

स्वास्थ्यमन्त्री भएका बेला १४ करोड लिएर कसैले प्राध्यापक राजकुमार रौनियारलाई विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बनाएको र पैसा बुझाउनुपर्ने भन्दै आएका दावीहरु पनि समाचारमा प्रशस्त आएका थिए । आगामी दिन यस्ता विषयमा पनि समिति बनाउने हो कि होइन ? यो सदनले तय गरोस, सुरु मबाट गरोस 

त्रिचन्द्र कलेजमा पार्क निर्माण, त्रिविको वेबसाइट निर्माण, रातो पासपोर्टको दुरुपयोग, वाइटबडी जहाज खरिद, नक्कली भुटानी शरणार्थी, कैलालीको टीकापुर बजारको जग्गाका विषयमा आएक समाचारहरु माथि पनि छानबिन गर्नुपर्ने बताउनु भयो । यस्तै गगन थापा स्वास्थ्यमन्त्री भएका बेला सरुवामा रकम लेनदेन गरेको विषय पनि पत्रपत्रिकामा आएको भन्दै छानविन हुनुपर्ने बताउनु भयो ।

‘स्वास्थ्यमन्त्री भएका बेला १४ करोड लिएर कसैले प्राध्यापक राजकुमार रौनियारलाई विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बनाएको र पैसा बुझाउनुपर्ने भन्दै आएका दावीहरु पनि समाचारमा प्रशस्त आएका थिए,’ गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘आगामी दिन यस्ता विषयमा पनि समिति बनाउने हो कि होइन ? यो सदनले तय गरोस, सुरु मबाट गरोस ।’ थापा स्वास्थ्यमन्त्री भएको बेला यस्तो आरोप लागेको थियो ।

लामिछानेले वाइडबडी जहाज खरिद प्रकरणको विषय समेत उठाउनु भयो। ‘वाइडबडी जहाज घोटाला प्रकरणमा ०७४ सालमा भुक्तानी दिँदा पर्यटनमन्त्री कोही हुनुहुन्थ्यो । अर्बौंको घोटालामा मुछिनु भएको समाचार आएको थियो,’ लामिछानेले भन्नुभयो । यस्तै नक्कली भुटानी शरणर्थी प्रकरणमा कतिपय नेताको अडियो सार्वजनिक भएको पनि उहाँले बताउनु भयो ।

यस्तै भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएको सुनाउँदै लामिछानेले उहाँ संसदमै नाराबाजीमा सहभागी भएकोमा प्रश्न उठाउनु भयो ।

‘काण्डैकाण्डले पुरिएका पात्रहरू यतै कतै हुनुहुन्छ होला । खोतल्दै जाँदा क्याम्पसका लुट र अस्पतालका घुस नआउने होइनन । तर इर्ष्या वा जलनमा सबैलाई छानबिनमा ल्याउने र डाम्ने विधि बनाउने हो कि नबनाउने हो यसबारे स्पष्ट हुन मात्रै मैले खोजेको हो’, लामिछानेले भन्नुभयो ।