जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार ०९:१०

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, सिधा उडान भर्ने बाटो खुल्यो


काठमाडौं, असोज १४

नेपाल र अष्ट्रेलियाबीच अब सिधा हवाई सम्पर्क हुने बाटो खुलेको छ । दुई देशबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएसँगै यसको बाटो खुलेको हो । दुई देशका प्रतिनिधिमण्डलबीच क्यानडामा भएको वार्तापछि उक्त सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ ।

क्यानडाको मन्ट्रियलमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको प्रधान कार्यालयमा भएको वार्तापछि समझदारीमा हस्ताक्षर भएको छ । दुई देशबीच भएको सैद्धान्तिक सम्झौताका आधारमा अनुमति प्राप्त एयरलाइन्सहरुले उडान गर्न सक्ने छन्।

समझदारीअनुसार नेपालका एयरलाइन्सहरुले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्ताको सात उडान गर्न पाउने छन् । अन्य विमानस्थलहरुमा भने असिमित उडान गर्नपाउने छन् । त्यस्तै अष्ट्रेलियाका एयरलाइन्सहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सात उडान गर्न पाउने छन् । पोखरा, भैरहवा लगायतका अन्य विमानस्थलहरुमा भने हप्तामा २८ उडान गर्नसक्ने छन् ।