जनता टाइम्स

८ जेष्ठ २०८१, मंगलवार ०९:११

पशुपतिनाथको भेटी चोर्ने काममा पशुपति बिकाश क्षेत्रकै कर्मचारीको संलग्नता भेटियो , ८ जना पक्राउ


काठमाडौं, जेठ ८ । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,’ अधिकारीले भन्नुभयो ।

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उहाँले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताउनु भयो ।