जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार ०९:३७

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना


काठमाडौं, असोज १४  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७० औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिनुभएको छ । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो ।