काठमाडौं, असोज १४
सभामुख कृष्णबहादुर महराप्रति लागेको यौन दुव्र्यवहारको गम्भिर आरोपको प्रहरीले आन्तरिक छानबिन शुरु गरेको छ । यद्यपी महिलाले यो समाचार तयार पार्दासम्म पनि प्रहरीमा उजुरी नदिएका कारण खुलेर अनुसन्धान गर्न कठिन भएको प्रहरी स्रोतको भनाई छ ।
महिलाले उजुरी दिएमा अनुसन्धान गर्न थप सजिलो हुने प्रहरीले बताउदै आएको छ । तर, घटना भएको करिव दुई दिन वितिसक्दा पनि प्रहरीमा उजुरी भने परेको छैन । यद्यपी उजुरी नपरेपनि प्रहरीले आन्तरिक छानविनलाई भने तिव्रता दिएको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार घटनाका बेला आरोपित र पिडित भनिएका व्यक्तिको मोवाइल फोनको ट्याक गर्नका लागि टोली खटाइ सकेको छ । सोमबार नै प्रहरीले फोनको डिटेल पत्ता लगाउन एक टोली खटाइसकेको जानकारी दिएको छ ।
संसद सचिवालयमै काम गर्ने एक महिलाले सभामुखले आफुलाई बलात्कार गरेको गम्भिर आरोप मिडियामार्फत लगाएपछि उहा विवादमा तानिएका छन् । बलात्कार नै भएको भन्दै घटना मिलाउन आइतवार राति ९८५१११६४५६ नम्वरबाट महराले नै पटक पटक फोन गरेको समेत उल्लेख गरेकी छन् । यता, सभामुख महराले भने आफुमाथी लगाइएको आरोप तथ्यहिन तर गम्भिर भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्