जनता टाइम्स

४ कार्तिक २०८३, बुधबार १०:५५

जापानी नागरिकलाई राजदूत, तिब्बती नागरिकलाई लुम्बिनी विकास कोषको जिम्मा ! : महेश बस्नेत


काठमाडौं, कात्तिक ४ । नेकपा एमालेका सचिव महेश बस्नेतले जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा र लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मालाई लक्षित गर्दै सरकारको निर्णयमाथि प्रश्न उठाउनुभएको छ।

बस्नेतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेख्नुभएको छ, ‘जापानीज नागरिकलाई नियुक्ति दियौ जापानको राजदूत, तिब्बती नागरिकलाई जिम्मा लायौ लुम्बिनी क्षेत्र विकास कोष ! बालेन सरकार तिम्रो जय होस्।’

जापानका लागि प्रस्तावित राजदूत थापाले सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएको र जापानमै घर रहेको स्वीकार गरेको विवरण सार्वजनिक भएपछि उहाँको नियुक्तिलाई लिएर प्रश्न उठेको हो।

त्यस्तै, सरकारले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पनि उहाँको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयलाई लिएर विवाद सार्वजनिक भएको छ। उहाँ तिब्बती नागरिक भएकाे बताइन्छ ।