जनता टाइम्स

१२ जेष्ठ २०८१, शनिबार १७:४६

स्थानीय वायुको प्रभावका कारण छ प्रदेशमा वर्षा


काठमाडौं, १२ जेठ । स्थानीय वायुको प्रभावका कारण अहिले छ प्रदेशमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार प्री मनसुनको समय भएको र स्थानीय वायुको प्रभावले बेलुकापख यी प्रदेशमा हल्का वर्षा भएको हो ।

उहाँले भन्नुभयो,‘स्थानीय वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश बाहेकका अन्य प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । यो क्रम केही बेरमा नै रोकिनेछ ।’ उहाँका अनुसार ठूलो पानी पर्ने सम्भावना भने छैन । आइतबार पनि देशैभरको मौसम आंशिकदेखि सामान्यतया बदली नै रहने मौसमविद्को भनाई छ ।