चितवन, मंसिर १ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोमबार? काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा.८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट अचानक ढुंगा खसेको थियो ।
ढुंगा लागेर गम्भीर घाइते भएका महर्जनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्