काभ्रे, मंसिर १ । काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको भन्ने गुनासोका आधारमा प्रहरीले रिसोर्टमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा ३१ जना पुरुष र पाँच जना महिला छन् ।
प्रहरीले रिसोर्टका दुई वटा कोठाबाट ठूलो सङ्ख्यामा ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ । उनीहरूले दुई वटा कोठा भाडामा लिएर कार्यालयजस्तो संरचना बनाएर बसेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरू के प्रयोजनका लागि नेपाल आएका थिए र त्यहाँ बसेर के गतिविधि गरिरहेका थिए भन्ने विषय खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्