कपिलवस्तु, १२ जेठ । कपिलवस्तु नगरपालिका वडा नं. ३ महिता चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारु रहेका छन् । तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको उहाँको भनाइ छ । मृतक थारु मोटरसाइकलको पछाडिको सिटमा बसेका थिए ।
दुर्घटनामा परी उहाँको टाउकोमा चोट लागेको थियो । दुर्घटनापश्चात् थारुलाई उपचारका लागि सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ । सोही मोटरसाइकलका चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते हुनुभएको छ । उहाँको कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्