काठमाडौं, असोज १४ । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै आज दिउँसो माइतीघर मण्डलमा प्रदर्शन भएको हो । स्वतन्त्र रूपमा जम्मा भएका प्रदर्शनकारीले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै महरालाई पक्राउ गर्नुपर्ने माग गरेका थिए । महरामाथि चौतर्फी दबाब आएपछि नेकपाको निर्देशनमा आजै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाउनुभएको छ ।
प्रदर्शनकारीहरुले बलात्कार जस्तो गम्भीरु आरोप लागेको ब्यक्तिले राजीनामा दिएर मात्र नपुग्ने भन्दै अन्य आरोपीलाई जसरी नै हिरासतमा राखेर अनुसन्धान अघि बढाउन माग गरेका थिए । महरालाई पक्राउ गरी अनुसन्धान माग गर्दै प्रदर्शन गर्नेमा नेकपाकै युवा बिद्यार्थी नेतृहरु समेत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्