काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गर्नुभएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गर्नुभएको हो ।
उहाँले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गर्नुभएको हो । कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्