जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार ०८:५१

कालिमाटी तरकारी बजारमा मध्यराती अनुगमन


काठमाडौं, असोज १५

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैंका बेला कालोबजारी हुन सक्ने भन्दै अनुगमनलाई तिव्र बनाएको छ । मध्यरातमा कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको हो ।

कालीमाटीमा ३५ वटा र ६ वटा बल्खुमा गरी ४१ वटा गाडीबाट तरकारी झार्ने बेलामा विभागले अनुगमन गरेको हो । झार्ने बेलाको विवरण लिँदा ३ वटा गाडीलाई जरिबाना गरिएको विभागले जनाएको छ । तीनवटा गाडीलाई पाँचहजारका दरले जरिबाना तोकिएको थियो भने २० वटालाई पुर्जी जारी गरिएको थियो भने १८ वटा सन्तोषजनक रहेको विभागले जनाएको छ ।