जनता टाइम्स

२२ जेष्ठ २०८१, मंगलवार १९:४४

मोदीको वाराणसीबाट ‘ह्याट्रिक’ जित, मतान्तर भने घट्यो


काठमाडौं, २२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गर्नुभएको छ । मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गर्नुभएको हो । मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गर्नुभयो भने रायले ४ लाख ६० हजार ४५७ मत पाउनुभयो ।

यस पटक मोदीको जित अन्तर भने घटेको छ । अघिल्लो २०१९ को निर्वाचनमा मोदीले समाजवादीकी शालिनी यादवलाई ४ लाख ७९ हजार ५०५ मतान्तरले पराजित गर्नुभएको थियो । २०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७८४ मतान्तरले हराउनुभएको थियो ।