काठमाडौं, जेठ २३ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको निर्णय असार १२ गते सुनाउने भएको छ ।
तत्कालीन माओवादीले सञ्चालन गरेको ’जनयुद्ध’को क्रममा श्रीमान अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै काभ्रेकी पूर्णिमाया लामाले सापकोटासहित माओवादी सेनाविरुद्धको जाहेरीका विषयमा सर्वाेच्चले यस्तो निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा रहेको न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरी निर्णय (फैसला) सुनाउने मिति तोकेको हो ।
माओवादी ‘जनयुद्ध’ को क्रममा अर्जुनलाई २०६२ वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता पारिएको थियो । साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूँदै पुरेको भनी पूर्णिमायाले २०६४ मा काभ्रे जिल्ला अदालतमा जाहेरी दिनुभएको थियो । तर प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थियो ।
सो रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ फागुन २२ गते जाहेरी दर्ता गराउने आदेश जारी गरेको थियो । त्यसपछि सापकोटा विरुद्धको दर्ता जाहेरी बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्ने निर्णय गरेको थियो । सो बिषयमा असार १२ गते निर्णय सुनाउने भएको हो ।
प्रतिक्रिया दिनुहोस्