काठमाडौं, जेठ २४ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर दुई जना मृत अवस्थामा भेटिएका छन् ।
मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।
करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आँकलन गरिएको छ । बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।













प्रतिक्रिया दिनुहोस्