ललितपुर, जेठ २४ । ललितपुर महानगरपालिकाले नगर प्रहरी परिचालन गरी नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्ने घोषणा गरेको छ ।
महानगरले आज एक बिशेष कार्यक्रमको आयोजना गर्दै ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ योजनाको उद्घाटन गरेको हो । कार्यक्रमको समुद्घाटन गर्दै ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगरबासीको महानगरप्रतिको सम्बन्ध अझ प्रगाढ हुने बताउनु भयो ।
कार्यक्रममा ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले यस योजना अन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्