जनता टाइम्स

२५ जेष्ठ २०८१, शुक्रबार १४:३७

घुससहित रंगेहात समातिए नापी कार्यालयका सर्वेक्षक


भैरहवा, जेठ २५ । कपिलवस्तुको चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुससहित रंगेहात पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले गुप्तालाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको हो ।

जग्गा कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात गुप्तालाई नियन्त्रणमा लिएको छ ।

गुप्तालाई कार्यालय बाहिर नजिकको एक होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।