नुवाकोट, जेठ २५ । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मत परिणाम आउँदा ३३७ मत प्राप्त गरी मैनाली अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अध्यक्षका अर्का प्रत्यासी बुद्धि प्रधानले २६० मत र दैनिकीका सम्पादक रहेका पत्रकार माधव प्रसाद तिवारीले १० मत पाउनु भएको छ । त्यस्तै, उपाध्यक्षमा राजेन्द्र रमण खनाल ३४७ मतका साथ निर्वाचित हुँदा सुदर्शन नेपाल २३५ मतमा रोकिनु भएको छ ।
सचिवमा शिव चित्रकार ३०६ मतका साथ निर्वाचित हुनुभएको छ भने प्रतिस्पर्धी निलकण्ठ आचार्यले २८६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपसचिवमा राजेन्द्र प्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित हुनुभएको छ । पदाधिकारीमा निर्वाचित सबै अध्यक्षमा निर्वाचित बद्री मैनाली समुहका हुन । सदस्य पनि अधिकांश मैनाली प्यानलका निर्वाचित भएका छन ।
प्रतिक्रिया दिनुहोस्