बुटवल, जेठ २६ । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित हुनुभएको छ । आज सम्पन्न दशौं जिल्ला अधिवेशनले गैरेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
नवनिर्वाचित गैरे एमाले रुपन्देहीको निवर्तमान पार्टी सचिव हुनुहुन्छ । रुपन्देहीको तिलोत्तमा निवासी गैरे बुटवल बहुमुखी क्याम्पसको पूर्वस्ववियु सभापतिसमेत हुनुहुन्छ ।
एमाले उपाध्यक्ष बिष्णु पौडेलको गृहजिल्ला रुपन्देहीमा पार्टीका सवै नेता कार्यकर्ताबीच एकताको सन्देश दिने गरी गैरेले सर्वसम्मत रुपमा जिल्लाको नेतृत्व गर्ने अवसर पाउनु भएको हो ।
अधिवेशनले गैरेसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव बाबुराम पन्थी र सुनिता ठठेर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा ८ सय ५३ जना प्रतिनिधी सहभागी भएका थिए । अधिवेशनको उदघाटन एमाले उपाध्यक्ष पौडेलले नै गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्