न्यूयोर्क (अमेरिका), जेठ २६ । नेपालकी बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित हुनुभएको छ ।
पत्रकार तथा सामाजिक अभियन्ता राणा दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित हुनुभएको हो ।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार राणाले सबैभन्दा बढी मत प्राप्त गरी राणा निर्वाचित हुनुभएको छ । उहाँले १४६ मत प्राप्त गर्नुभएको छ । सिडमा राणाले दोस्रो पटक जित्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्