जनता टाइम्स

२६ जेष्ठ २०८१, शनिबार २१:४७

राष्ट्रपति भेटन अचानक शीतलनिवासमा प्रधानमन्त्री


काठमाडौं, जेठ २६ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नुभएको छ ।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले आज राष्ट्रपति भवन शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भेटमा दलहरुबीचको सहकार्यको अवस्थादेखि बजेटसहित अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।