काठमाडौं, जेठ २७ । नेकपा एकीकृत समाजवादी निकट युवा संघमा समानान्तर नेतृत्व घोषणा भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालकै नातेदार र कार्यकर्ताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन ।
अध्यक्ष नेपाल निकट युवाहरुले झलनाथ खनाल र घनश्याम भुसाल पक्षले पेलेको भन्दै शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेलको संयोजकत्वमा समानान्तर समिति घोषणा गरेको हो । समानान्तर समितिको सहसंयोजकमा फुर्वा तामाङ रहनुभएको छ ।
भेलाले संयोजक सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन । बिद्रोही टीमका संयोजक पौडेल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाञ्जा हुनुहुन्छ । माधव नेपाल शक्तिशाली रहँदा पिए रहेर हालीमुहाली गर्ने पौडेल अहिले भने पिए छाडेर युवा संघतिर लाग्नुभएको हो ।
संघका संयोजक कृष्णकुमार विश्वकर्माले महाधिवेशन गर्न नचाहेकाले अर्को महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुपरेको बिद्रोही पक्षको भनाई छ । बिद्रोही पक्षले आगामी असोज ३ गतेदेखि ५ गतेसम्म महाधिवेशन गर्ने बताएको छ ।
संस्थापन पक्षले भने गुट भेला गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । युवा संघमा सम्मानित नेताझलनाथ खनाल पक्षधरको बाहुल्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्