काठमाडौं, जेठ २७ । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।
सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । अब जेठ २९ गतेदेखि मात्रै नियमित छलफल हुने भएको छ ।
सभामुख घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र नेपाली कांग्रेसका सचेतक सुशीला थिङ उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्