जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार ०७:०५

घरेलु मदिरा बनाउने टयांकीबाट पाँच जनाको शव बरामद


बारा, १६ असोज ।  बाराको फेंटा गांउपालिकामा घरेलु मदिरा बनाउने टयांकीमा एकै परिवारका चार जना सहित पांच जनाको शव बरामद भएको छ ।

मृत्यु हुनेमा फेटा गांउपालिका ७ बतराका करिब ४० वर्षिय जोग्गा मुखिया विन, उनका ३५ वर्षिय श्रीमती लालमुनि देवि, १२ वर्षिय छोरी सुमनि मुखिया, ३० वर्षिय भाइ महेन्द्र मुखिया विन र भारतीय नागरिक ५५ वर्षिय बाबा भन्नेको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

घरभित्रको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव फेला परेको बाराका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

उनीहरको मृत्यो के कति करणले भएको पपोष्टमार्टम रिपोट पछि मात्र थाहा हुने राठौरले जानकारी दिनुभयो । उनीहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पताल लग्ने तयारी भैरहेको बताईएको छ।

घरेलु मदिरा बनाउनका लगि बिजुलीको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने बताईएको छ। पोष्टमार्टम पछि मात्र सत्य तथ्य बाहिर आउने राठौरले जानकारी दिए।