जनता टाइम्स

२८ जेष्ठ २०८१, सोमबार ०९:१७

अर्घाखाँची एमालेको अध्यक्षमा भुसाल र सचिवमा रायमाझी निर्विरोध


रुपन्देही, जेठ २८ । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध हुनुभएको छ ।

निवर्तमान अध्यक्ष भुसाल नवौँ अधिवेशनबाट पुनः अध्यक्षमा सर्वसम्मत हुनुभएको हो । त्यसैगरी सचिवमा तोजबहादुर रायमाझी हुनुभएको छ। उहाँ पनि निवर्तमान सचिव हुनुहुन्छ । तर उपाध्यक्ष, उपसचिवद्वय र अन्य सदस्यहरूमा भने निर्वाचन हुने भएको छ ।

उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ भने उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल र महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको छ ।

शनिवार सुरु भएको नवौँ अधिवेशनमा ६ पालिकाबाट ५ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् । मुख्य पद रहेको अध्यक्ष र सचिवमा निर्विरोध भएको हो ।